आर्थिकप्रदेशबागमतिसमाचार

व्यवसायिले फ्याट, एस.एन.एफको अनुसार मूल्य दिएर दूध खरिद गर्ने

सिन्धुली, ८ बैशाख २०७८

सिन्धुलीमाडीमा सञ्चालनमा रहेका डेरी व्यवसायीहरूले फ्याट, एस.एन.एफको अनुसार मात्र दूध खरिद गर्ने भएका छन् । डेरी व्यवसायिहरुको सिन्धुलीमाडीमा बसेको बैठकले जेठ १ गते बाट कृषकहरूले उत्पादन गरेको दूध फ्याट, एस.एन.एफ अनुसार दूध खरिद गर्ने निर्णय गरेको हो ।

डेरी उद्योग सङ्घ सिन्धुलीकी संयोजक विमलाकुमारी काफ्लेको अध्यक्षतामा बसेको बैठकले दूध खरिदमा फ्याट सिस्टम लागु गर्ने निर्णय गरेको सदस्य सचिव बलराम अधिकारीले जानकारी दिनुभयो ।

डेरी व्यवसायीहरूले कृषक, दूध उत्पादक, दूध सङ्कलक केन्द्र र दूध उत्पादक सहकारीहरूबाट दूध खरिद गर्दा फ्याट, एस.एन.एफ.चेकजाँच गरि गुणस्तर अनुसार नेपाल सरकारले निर्धारण गरेको न्यूनतम मापदण्ड र मूल्य तिरेर खरिद गर्ने निर्णय भएको उहाँको भनाई रहेको छ ।
यही बैशाख १५ गते भित्र डेरी व्यवसायी कृषक, स्थानीय तह र सरोकारवालाहरुसंग फ्याट सिस्टमबाट दूध खरिद बिक्री गर्ने प्रणालीको नीति लागु गर्न छलफल गरिने भएको छ । फ्याट सिस्टमबाट दूध खरिद गर्दा दूध उत्पादकले प्रोत्साहन रकम समेत पाउने डेरी व्यवसायी सङ्घ सिन्धुलीले जनाएको छ ।

हाल कमलामाई नगरपालिकाले निर्धारण गरेको कार्तिक। मङ्सिर, पुस र माघ महिना मा गाईको दूध प्रतिलिटर ५५, भिसैको ६५ रुपैंया र चैत देखी असोज महिना सम्म गाईको दूध प्रतिलिटर ६० र भिसैको ७० रुपैंयामा डेरी व्यवसायीले कृषकबाट खरिद गर्दै आएका छन् ।

Comment here