प्रदेशसमाचार

सिन्धुलीमा सात सिकारी पक्राउ

सिन्धुली,८ बैशाख २०७८

वन्यजन्तुको अवैध सिकार गर्ने सात जना सिकारी पक्राउ परेका छन् । सब डिभिजन वन कार्यालय रानीबासबाट रेञ्जरको कमान्डमा खटिएको वन रक्षक सहितको टोलिला उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई मङ्गलवार अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ । पक्राउ परेकाहरूको साथ बाट तीन थान जाली, ३ किलो मासु सहित जङ्गलबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

पक्राउ परेकाहरूको बयान र हुलिया हेर्दा हरिण र दुम्सीको मासु हुन सक्ने कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट जफत भएको मासुलाई विधि विज्ञान प्रयोगशाला काठमाडौँमा परीक्षणको लागी पठाउने कार्यालयले जनाएको छ ।

 

Comment here