जीवन सैलीप्रदेशसमाचार

सिन्धुलीमा दोस्रो चरणमा कोरोना भ्याक्सिन लगाइने

सिन्धुली, ६ बैशाख २०७८

जिल्लामा दोस्रो चरणमा लगाइने कोभिशिल्ड भ्याक्सिन यही बैशाख ७ गते देखि संचालन गरिने भएको छ । पहिला लगाई सकेकाहरूलाई पुन लगाउनु पर्ने खोप संचालन गर्न लागेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । सिन्धुलीमा पहिले चरण अन्तर्गत पहिलो खोप लगाउनेहरूलाई आगामी ७ गते देखी दोस्रो डोज खोप दिन लागिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

पहिलो चरण अन्तर्गत पहिलो लटमा १ हजार ९९ जना र दोस्रो लटमा १ हजार ७० जनालाई कोरोना विरुद्धको खोप लगाइएको थियो । पहिलो चरण अन्तर्गत पहिलो लट र दोस्रो लटमा जिल्ला अस्पताल सिन्धुलीका अग्रपङ्तीमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, सब ब्यबस्थापानमा खटिएका सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयम सेविका, एम्बुलेन्स तथा शव–वाहन चालक, सरसफाइकर्मी, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, जिल्ला कारागारका कैदी, बैक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई कोभिड–१९ विरुद्धको कोभिशिल्ड भ्याक्सिन दिइएको थियो ।

दोस्रो डोज खोप सिन्धुलीको नौ वटा स्थानीय तहमध्ये कमलामाई नगरपालिकाको सिन्धुली अस्पताल, दुधौली नगरपालिकाको दुधौली स्वास्थ्य चौकी, मरिणको कपिलाकोट स्वास्थ्य केन्द्र, हरिहरपुरगढीको गाउँपालिका भवन झनझने, घ्याङ्लेखको बस्तिपुर स्वास्थ्य चौकी, सुनकोसीको झागाझोली रातमाटा स्वास्थ्य चौकी, गोलन्जोरको ग्वाल्टार स्वास्थ्य चौकी, फिक्कलको गाउँपालिका भवन खाङ्साङ र तिनपाटनको लाम्पान्टार प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइने भएको छ ।

Comment here