प्रदेशराजनीतिसमाचार

सिन्धुली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको विस्तारित भेला सम्पन्न

सिन्धुली, ४ बैशाख २०७८
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को विस्तारित क्याम्पस भेलाले सम्मेलन आयोजक कमिटि गठन गरेको छ ।

अनेरास्ववियु सिन्धुली बहुमुखी क्याम्पसको आयोजनामा शनिबार भएको भेलाले लोकेन्द्र बोगटीको संयोजक र अग्रिम अधिकारी सह संयोजकत्वमा ६५ सदसयि सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

भेलामा अनेरास्ववियु केन्द्रीय स्थायी कमिटि सदस्य टिकाजंग थापा, नेकपा एमाले जिल्ला सह–सचिव महेन्द्रदेव श्रेष्ठ, नेकपाका नेता विनोद श्रेष्ठ, अनेरास्ववियु सिन्धुलीका अध्यक्ष कृष्ण मोत्तान, विद्यार्थी नेताहरू उज्ज्वल न्यौपाने, गोकर्ण भुजेल, अजय दोङ, प्रशान्त लुंगेली, जीवन घिसिङ, छविलाल पाख्रिन, प्रकाश रायमाझी, प्रदर्शन कार्की लगाएतको उपस्थिती रहेको थियो ।

भेलाका प्रमुख अतिथि एवं अनेरास्ववियु केन्द्रीय स्थायी कमिटि सदस्य टिकाजंग थापाले अनेरास्ववियुको इतिहासको बारेमा अवगत गराउनु भएको थियो । अनेरास्ववियु विद्यार्थीको हक, हित र अधिकारका बारेमा सदैव लड्दै आएको बताउनुभयो । विद्यार्थीको सुन्दर भविष्य निर्माणका लागि अनेरास्ववियु भएकाले अनेरास्ववियुमा सबैलाई गोलबद्ध हुन आग्रह गर्नुभयो ।

साथै बिशिष्टि अतिथि एवै नेकपा एमाले सिन्धुलीका सह–सचिव महेन्द्रदेव श्रेष्ठले विद्यार्थीसँग भएको वास्तविक समस्याको पहिचान गर्नुपर्ने बताउँदै समस्या समाधानको लागि नेताहरूले पहल चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Comment here