जीवन सैलीप्रदेशसमाचार

शुभजीवनको ५ औं वार्षिक उत्सवमा रक्तदान

सिन्धुली, ४ बैशाख २०७८

शुभजीवन हस्पिटल प्रा.ली को ५ औं वार्षिक उत्सवमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । हस्पिटलको आयोजनामा एवं जिल्ला । रेडक्रस शाखा कार्यालय रामेछाप, त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र रामेछाप र नेपाल महिला मगर सङ्घ रामेछापको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा ४० जनाले रक्तदान गरेको स्थानीय गौरव कार्कीले जानकारी दिनुभयो । ‘प्रार्थना गर्ने ओठहरू भन्दा सेवा गर्ने हातहरू महान् हुन्छन् ।’ भन्ने नाराका हस्पिटले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

रगतको अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । संकलिन रगत मन्थलीमा राखिने बताईएको छ ।

 

Comment here