प्रदेशबागमतिसमाचार

सिन्धुलीमा चट्याङ पर्दा पाँच चौपायाको मृत्यु

सिन्धुली, ४ बैशाख २०७८

सिन्धुलीमा शुक्रबार राती हावाहुरीसंगै चट्याङ पर्दा पाँच चौपायाको मृत्यु भएको छ । चट्याङबाट गाई गोरुको मृत्यु भएको हो ।
दुधौली नगरपालिका १३ अरुणठाकुरको जमुनेटोलमा बस्ने रामकुमार पुलामीको घरमा बाँधी राखेका गाई गोरु चट्याङ लागेर मृत्यु भएको वडा अध्यक्ष मिलन सुनुवारले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुलामीका ५ वटा गाई बस्तु मरेका छन् । साथै चट्याङबाट ३ सेट सोलारमा समेत क्षति पुग्दा २ लाख बरारको क्षति भएको समेत उहाँले जानकारी दिनुभयो ।

Comment here