प्रदेशबागमतिसमाचार

सिन्धुलीमा २६ औं वन्यजन्तु सप्ताह मनाईयो

सिन्धुली, २ बैशाख २०७८

सिन्धुलीमा बिहीबार २६ औं वन्यजन्तु सप्ताह मनाईएको छ । सप्ताहको अवसरमा र्‍याली र सडक नाटक प्रहशन गरि २६ औं वन्यजन्तु सप्ताह मनाईएको हो ।

श्री कमला जनज्योति माध्यमिक विद्यालय सिलामेको आयोजनामा वन विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीहरूले र्‍याली निकाल्नुका साथै सडक नाटक प्रहशन गरेका हुन् ।

‘वन्यजन्तु हाम्रो गहना हो, संरक्षण हाम्रो चाहना हो ।’, ‘वन्यजन्तु सिकारलाई अन्त्य गरौं’, ‘वन्यजन्तु वचाउन अघि सरौ’, तस्करीलाई रोक्ने वानी परौं’, ‘तस्करीले वन्यजन्तु रित्याउछ’, ‘संरक्षणले पर्यटन भित्र्याउछ’, जस्ता नारा लगाएका थिए ।

बजार परिक्रमा गरे पछि लोकतान्त्रीक चौतारमा कोण सभामा परिणत भएका विद्यार्थीहरूले सडक नाटक समेत प्रहशन गरेका थिए ।

Comment here