प्रदेशसमाचार

खैरो ब्राउन सुगर सहित तीन जना पक्राउ

सिन्धुली, १ बैशाख २०७७

सिन्धुलीमा बुधबार प्रहरीले लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाचथर फिदिम नगरपालिका वडा नं. १० घर बताउने २८ बर्षिय राजिव थाङसुङहाङ, मोरङ रसुवामाई नगरपालिका ९ का २२ बर्षिय तुलसी दाहाल र रसुवामाई नगरपालिका ७ कै ३६ बर्षिय खड्कबहादुर दजी रहेको प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।

बुधबार सवारी चेकजाँच गर्ने क्रममा विपि राजगमार्ग अन्र्तगत कमलामाई नगरपालिका ६ माझिटार चेक प्वान्टबाट उनीहरु पक्राउ परेका हुन् ।

उहाँका अनुसार काकरभिट्टाबाट काठमाण्डौ जाँदै गरेको प्रदेश ३०१–०२४ च ६३७१ नम्बरको तरकारी बोक्ने योद्धा गाडी चेकजाँच गर्द ब्राउन सुगर सहित उनीहरु पक्राउ परेको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेका मध्ये राजीवले लगाएको कालो ज्याकेटको खल्तिमा गिलो अवस्थामा रहेको खैरो ब्राउन सुगर २४ ग्राम बरामद गरि उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । लागु औषध बरामद पछि गाडि सहित गाडीमा सवार र चालकलाई नियन्त्रणमा लिई आवश्य अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Comment here