आर्थिकप्रदेशबागमतिसमाचार

प्रादेशिक महोत्सवको आय व्यय सार्वजनीक

नबराज दाहाल

सिन्धुली, ३० चैत २०७७ / उद्योग बाणिज्य संघ सिन्धुलीले सोमबार पत्रकार सम्मेलन मार्फत प्रादेशिक महोत्सव २०७५ को आय व्यय सार्वजनिक गरेको छ । ‘कृषि, पर्यटन, जलस्रोत र उद्योग क्षेत्रको विकास, समृद्ध ३ नम्बर प्रदेश निर्माणको आधार’ भन्ने नाराका साथ २०७५ पुष १३ गते देखी २२ गते सम्म महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवमा स्टल भाडाबाट २५ लाख २१ हजार ३६० रुपैंया, नृत्य प्रतियोगिता शुल्क बाट २ हजार, टिक शुल्कबाट ३१ लाख २१ हजार १८५ रुपैंया, स्थानीइ पासबाट ५ लाख ९४ हजार ६ सय रुपैंया, बाल उद्यानबाट १५ लाख रुपैंया आम्दानी भएको उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अम्रेसचन्द्र बैदारले जानकारी दिनुभयो ।

यस्तै आधिकारीक बैंक बाट १ लाख, सहकारीहरुबाट ४५ हजार, कमलामाई नगरपालिका बाट ५ लाख, नेपाल लिंकर्सबाट ५० हजार, सुपर जोन बाट ४७ हजार ९७५ रुपैंया घरेलु तथा साना उद्योग विकासबाट ४५ हजार रुपैंया आम्दानी भएको जानकारी दिनुभयो । मुख्य प्रायोजन भर्जिनबाट ३४ लाख ४० हजार, कृषि मन्त्रालय ३ नं. प्रदेश बाट २ लाख २१ हजार ६२५, नेपाल आईसबाट ९९ हजार र पर्यटन मन्त्रालयबाट ४ लाख २० हजार गरि ९६ लाख ७ हजार ७४५ रुपैंया आम्दानी भएको जानकारी दिनुभयो ।

महोत्सव आयोजन ागर्न प्रचार–प्रसारमा ५ लाख २२ हजार ९२८, अतिथि सत्कारमा ११ लाख १३ हजार ६०५, संस्कृतिक कार्यक्रम २० लाख २८ हजार ८००, स्पोन्सर, अतिथि व्यवस्थापनमा १ लाख ९२ हजार ५००, स्टल निर्माणमा १३ लाख ६६ हजार ५०० रुपैंया खर्च भएको पत्रकार सम्मेलनमा अध्यक्ष बैदारले जानकारी गराउने भयो ।

उहाँका अनुसार महोत्सव समुद्घाटन ¥यालीमा ३२ हजार, आन्तरिक सुरक्षा तथा स्वयम्सेवक ५ लाख ७१ हजार ३००, सामाग्रि खरिद खर्च ६९ हजार ५००, कर तथा राजस्व खर्च १ लाख ४ हजार ५०, कृषि प्रदर्शनि पुरस्कार ५३ हजार २००, मेला प्रबर्दनमा १ लाख ९० हजार ६००, चाउचाउ कमिशन ५४ हजार २२५ रुपैंया खर्च भएको उहाँको भनाई रहेको छ ।

साउण्ड सिस्टममा ४ लाख ७० हजार, विविध खर्च ४ हजार ८२५, फिक्कल महोत्सवमा ६० हजार, मायाको चिनोमा १ लाख ६१ हजार १००, पास कार्ड, प्रमाणपत्र छपाई खर्च ४१ हजार ३२० रुपैया भएको पत्रकार सम्मेलन मार्फत बैदारले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत महशुलमा ४१ हजार ३२०, लेखा खर्च २५ हजार, खानेपानी र फोहोरमैला व्यवस्थापनमा २ लाख ३६ हजार ९०, अतिथि कोसेलीमा २७ हजार ९५०, चेक क्लियरिङ्गमा १६०, सिसि क्यामरा जडान, खरिद खर्च ४५ हजार ५०० र टेण्ट र कुर्सि भाडा ५५ हजार गरी ७४ लाख ६७ हजार ४९३ रुपैंया खर्च भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

खर्च कटाएर २१ लाख ४० हजार २५२ रुपैंया महोत्सवबाट बाणिज्य संघले नाफा कामउन सकेको र हाल उक्त रकम सुरक्षित रहेको समेत अध्यक्ष बैदारले जानकारी दिनुभयो ।

यस्तै ग्लोबाल आई एम ई बाट २५ हजार, केस जेसिवि काठमाण्डौबाट ५० हजार, सिप्रदी जेसिविले ५० हजार, आर एमसिबाट १ लाख, उदयपुर सिमेन्ट बाट ५० हजार, मारुती सिमेन्टबाट १ लाख, मेघा बैंक नेपाल बाट १ लाख गरि ४ लाख ७५ हजार उठ्न बाँकी रहेको समेत अध्यक्ष बैदारले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । उठ्न बाँकी रकम उठाउन हरेक प्रयत्न गर्दा पनि आज सम्म पनि उठाउन नसकिएको उहाँको भनाई रहेको छ ।

Comment here