प्रदेशबागमतिसमाचार

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन प्रहरीसँग अन्तरक्रिया

एनबी अधिकारी

सिन्धुली, ३० चैत २०७७

सिन्धुलीमाढीमा सोमबार रिलिफ नेपालले सिन्धुलीमा आयोजना जिल्ला तहमा प्रहरीहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संबोधन गर्दै कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले युवालाई विदेशमा नभई स्वदेशमा नै काम गर्न आग्रह गर्नु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी देवकोटाले कमलामाई नगरपालिकाले पालिकाका युवालाई स्वरोजगार बनाउन प्रविधि र प्राविधिक संग कृषकलाई जोड्ने काम गरि रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘नगरका युवालाई व्यवसायिक वनाउन युवा लक्षित कार्यक्रम, सहुलियतमा कर्जा प्रवाह, एक वडा एक उत्पादन जस्ता कार्यक्र गरि रहेको छ ।’ स्थानीय स्तरमा रोजगारी पाइन भन्ने युवालाई यहाँको माटो सुहाउदो खेती व्यवसाय गर्न प्रेरित गरि रहेको भन्दै योजना भए पैसाको अभावमा युवाले वेरोजगार बस्नु नपर्ने बताउनुभयो ।
युवा जनशक्ति विदेश पलाएन हुँदा देशको विकासमा समेत असर पर्ने भन्दै सुखि नोपली समृद्ध नेपालको नारालाई साकार बनाउन युवा स्वादेशमा नै आय आर्जनमा जोडिनु पर्ने बताउनुभयो । सुन्दर भविष्य बनाउन विदेशीयका युवा मध्ये दैनिक ३ देखी ५ जना बाकसमा आउनु परेको, विदेशमा पनि श्रम शोषण हुने गरेको भन्दै स्वदेशमा नै स्वरोजगार बन्न आग्रह गर्नुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी शुरेस न्यौपानेले बैदेशिक रोजगारी, रोजगारीको विकल्प नभएको बताउनुभयो । अदक्ष जनशक्ति विदेश पलायन हुदा नेपाली दाजुभाई दिदिबहिनीले कष्ट र निकृष्ट प्रकारको श्रम गर्नु परेको भन्दै बैदेशिक रोजगारी नै रोजगारीको विकल्पको रुपमा नलिन आग्रह गर्नुभयो । उहाँले बैदेशिक रोजगार ऐन र प्रमुख जिल्ला अधिकारीको काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराउनु भएको थियो ।

यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बैदेशिक रोजगारीका नाममा ठगि हुने गरेको भन्दै सावधानी अप्नाउन आग्रह गर्नुभयो । वैदेशिक रोजगारीलाई शोषण रहित बनाउन नेपाल प्रहरीको भूमीकाका बारेमा सहजीकरण गर्नु भएको थियो । वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत नलिएका व्यक्ति, संस्था, फर्म वा एवेन्सीबाट वैदेशिक रोजगार सम्बन्धि कार्य गर्ने वा वैदेशिक रोजगार सम्बन्धि ठगीमा संलग्न हुनेलाई कानूनको दायरमा ल्याई कारबही चलाउने तथा त्यस्ता कार्य नियन्त्रण गर्न एक आपसमा सहकार्य गर्न सवै युनिटलाई आग्रह गर्नुभयो ।

बैदेशिक रोजगार र सुरक्षित आप्रवासन परियोजना सम्बन्धी छलफल गरी साझा बुझाई निर्माण गर्ने, आप्रवासी श्रोत केन्द्र र प्रहरी कार्यालय वीच सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा सहकार्यका लागि सम्भावनाहरुको पहिचान गर्ने उद्धेश्यले अन्तरकृया कार्यक्रमको आयोजना गरिएको सामि परियोजना संयोजक केआर विजयले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषण रहित बनाउन नेपाल सरकार र स्विटजरल्याण्ड सरकार बीच भएको द्विपक्षीय सम्झौता अनुरुप सिन्धुली जिल्लामा पनि कार्यक्रम संचालन भएको उहाँले जानकारी दिनुभयो । सिन्धुलीमा सूचनामा पहुँच, सीप तालिमका लागि सहजिकरण, न्यायमा पहुँचका लागि सहजिकरण, मनोसामाजिक परामर्शको सिफारिस, वित्तीय साक्षरता सम्बन्धी जानकारी दिने कार्यक्रमहरु संचालन भै रहेको उहाँको भनाई रहेको छ ।

कार्यक्रममा उहाँले ब्यक्तिगत तथा सामुहिक सूचना तथा परामर्श सेवा प्रदान गर्ने लक्ष्य ४ हजार रहेको र हाल सम्म १६ सय उपलब्धि भएको, सुरक्षित बैदेशिक रोजगार सम्बन्धी गहन आभिमुखिकरण ४० वटा मध्ये २५ वटा सम्पन्न गरिएको, सुरक्षित बैदेशिक रोजगार सम्बन्धी सामुदायिक आभिमुखिकरण ६० मध्ये ३४ वटा सम्पन्न गरिएको जानकारी दिनुभयो । परियोजनाका उपलपलब्धिका बारेमा सहजीकरण गर्नु भएको थियो ।

यस्तै परियोजनाी परामर्शकर्ता शुष्पा भुजेलले हाल सम्म जम्मा ३९ वटा प्राप्त मुद्दा मध्ये ८ वटा सफल भएको र ३१ वटा प्रक्रियामा रहेको जानकारी दिनुभयो । मृत्यु वा लाश झिकाएको, स्वास्थ्य सम्बन्धि समस्या, ठगी सम्बन्धि, बेपत्ता, सम्पर्क बिहीन, दुर्घटना वा अंगभंग, जेलमा परेको, खोजी तथा उद्वार, कोभिडका कारण रोजगार गुमाएको भनी मुद्धा आउने गरेको उहाँले जानकारी दिनुभयो । बैदेशिक रोजगारीका क्रममा विभिन्न प्रकारका समस्यामा परेका व्यक्ति तथा परिवारमा न्यायका लागी परियोजनाले समन्वय तथा सहजिकरणको काम गर्दै आएको समेत उहाँले जानकारी दिनुभयो ।

अन्तरकृया कार्यक्रममा सिन्धुली जिल्लाका २९ वटा जिल्लाका प्रहरी युनिटका प्रमुख÷प्रतिनिधिको सहभागित रहेको थियो ।

Comment here