प्रदेशबागमतिसमाचार

फिक्कलमा एक पुरुषको शव फेला

सिन्धुली, ३० चैत २०७७

जिल्लाको फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोलामा एक पुरुषको शव फेला परेको छ । उक्त शव स्थानीय ४७ बर्षिय टंकनाथ पहाडीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बेतिनी घर भई प्राथमिक विद्यालय ओख्रेनीका शिक्षक समेत रहेका पहाडी चैत्र २८ गते देखी सम्पर्क विहिन भएका थिए । पहाडी फिक्कल गाउँपालिका वडा नं. ३ चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेकोमा वेलुका उहाँ घर फर्कि नआएकोले आफन्तहरुले खोजी कार्य गरेकोमा आज मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजुकमार लामाले जानकारी दिनुभयो ।

खोजी गर्दा नयाँपानी भिर स्थित न्युरेखोला चनौटे सडकबाट अन्दाजी २०० मिटर तल लडि मृत अबस्थामा सोमबार आफन्तले फेला पारेको र घटना सम्बन्धमा अनुशन्धान भैरहेको प्रहरी प्रबक्ता समेत रहनु भएका लामाले जानकारी दिनुभयो ।

Comment here