प्रदेशराजनीतिसमाचार

युवा संघको भेला मरिणमा सम्पन्न

बासु मैनाली

मरिण २७ चैत (सिन्धुली) । राष्ट्रिय युवा संघ नेपाल मरिण गाउपालिका कमिटीको बृहत युवा भेला शुक्रबार सम्पन्न भएको छ ।

मरिण गाउँ कमिटी संयोजक बिनय बलको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सह–संयोजक किरण पौडेल, विशिष्ट अतिथि नेकपा एमाले सिन्धुलीका इन्चार्ज विषमलाल अधिकारी, सह–इन्चार्ज उमा कोइराला, नेकपा एमालेका जिल्ला अध्यक्ष प्रदिप कटुवाल, संघका केन्द्रीय सह–संयोजक पुष्पराज श्रेष्ठ,र जिल्ला संयोजक देवराज वाइवा सहभागि रहेको भेलाले विनय बलको संयोजकत्वमा ७५ सदस्य गाउँ संगठन कमिटी गठन गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल मरिण गाउपालिका संगठन कमिटीको बृहत युवा भेलामा माओबादी तथा नेपाली काङ्ग्रेस परित्याग गरि ५० जना कार्यकर्ता नेकपा एमालेमा प्रबेस गरेको राष्ट्रिय युवा संघ नेपाल मरिण गाउपालिका संगठनले जनाएको छ ।

Comment here