प्रदेशसमाचार

सिन्धुलीमा भएको सवारी दुर्घटनाका घाइतेको मृत्यु

सिन्धुली, २७ चैत २०७७

सिन्धुलीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा कमलामाई नगरपालिका ७ का ७८ बर्षिय छविलाल श्रेष्ठको मृत्यु भएको हो ।

चैत २५ गते कमलामाई नगरपालिका ६ स्थित विपि राजमार्गमा सिन्धुली बजारबाट माझिटार तर्फ जादै गरेको बा ६२ प ९२७६ नम्बरको मोटरसाईकलले छविलाललाई ठक्कर दिएको थियो ।

छविलालको धुलिखेल उपचार हुन नसकि शुक्रबार धुलिखेल अस्पताबाट जिल्ला अस्पताल सिन्धुली पठाएकोमा शुक्रबार साँझ सिन्धुली अस्पतालले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

Comment here