प्रदेशसमाचार

सिन्धुलीमा छोराको कुटाईबाट बाबुको मृत्यु

सिन्धुली, २७ चैत २०७७

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आफ्नै बाबुको मृत्यु भएपछि प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ । बाबुको मृत्यु पश्चात फरार रहेका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कमलामाई नगरपालिका १ गुराँसे बस्ने ४६ बर्षिय सुरमान हायुलाई उहाँको छोरा अन्दाजि २१ बर्षिय प्रकास हायुले कुटपिट गरेको र सो कुटाईबाट बाबुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाका अनुसार चैत्र १७ गते प्रकाशले बाबुलाई समान्य विवाद हुँदा कुटपिट गरेका थिए । छोराको कुटाईबाट चैत्र १९ गते सुरमानको मृत्यु भएपछि छोराको कुटाईबाट बाबुको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिनुभयो । बाबुको मृत्यु पश्चात फरार रहेका प्रकाश हायुलाई चैत्र २५ गते राती प्रहरीले कमलामाई नगरपालिका १ स्थित गुँरासे डाँडाको बाटोमा लुकिछिपि हिडिरहेको अबस्थामा नियन्त्रंणमा लिएको र आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here