प्रदेशसमाचार

पत्रकार महासंघ सिन्धुलीको अध्यक्षमा कृष्णहरी घिमिरे निर्वाचित

सिन्धुली, २६ चैत २०७७

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको अध्यक्षमा कृष्णहरी घिमिरे निर्वाचित हुनु भएको छ । प्रेस चौतारीबाट अध्यक्षको उम्मेदवार बन्नु भएका घिमिरे भारि मतान्तरले विजयी हुनु भएको हो ।

प्रेस युनियन, प्रेस संगठन सिन्धुली बाट अध्यक्षको उम्मेदवार रहेका मिनकुमार दाहाललाई पछि पार्दै घिमिरे निर्वाचित हुनु भएको हो । आज विहान सम्पन्न मतगणता घिमिरेले ४४ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । अध्यक्षका प्रत्यासि दाहालले जम्मा ३२ मत मात्र प्राग्त गर्नुभयो । ८१ जना मतदाता रहेकोमा ७६ मत खसेको थियो ।

उपाध्यक्ष टिकाजंग थापा, महिला उपाध्यक्षमा सरला सुनुवार, सचीवमा पुष्कर थापा, सह–सचीवमा कृन्जला पुलामी, कोषाध्यक्ष्मा अनिल भण्डारी, महिला सदस्यमा सर्मिला खड्का, आदिबासी जनजाती सदस्यमा कल्पना भुजेल, अन्य सदस्य खुल्लामा सौगात रायमाझी, प्रेमनाथ मैनाली, गिता घिमिरे, रोहित कुमार गुरुङ, संगीता डिम्दोङ निर्वाचित हुनु भएको छ ।

यस्तै केन्द्रिय परिषद सदस्य महिलामा राधिका बुढाथोकी, केन्द्रिय परिषद सदस्यमा संजय कुमार दाहाल र श्यामहरी अधिकारी बिजयी हुनु भएको छ ।

Comment here