प्रदेशसमाचार

प्रहरी सहाय निरीक्षक थापा सर्वोत्कृष्ट प्रहरी घोषणा

सिन्धुली, २१ चैत २०७७

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश थापा फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी बन्नु भएको छ । आफ्नो जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ एवं प्रशंसनीय ढंगले निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले २०७७ साल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा हुनु भएको हो ।

डिउटि निर्वाह गर्ने सम्बन्धमा प्रदर्शन गरेको व्यवहारिक मुल्य, मान्यता एवं आचरणको कारण पटक पटक मानिस सहित लागु औषध ठुलो परिमाणमा पक्राउ गरेको, अदालतको फैसला पछि फरार रहेका प्रतिबादीहरुलाई पक्राउ गरि अपराध विरुद्धको शुन्य शहनसिलताको नेपाल प्रहरीको संगठनात्मक प्रतिबद्धतालाई सार्थक पारेको भन्दै कार्यालयले सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

 

Comment here