प्रदेशसमाचार

सिन्धुलीमा आप्रबासिको हकहित संरक्षण गर्न तदर्थ समिति गठन

सिन्धुली, २० चैत २०७७

सिन्धुलीमा शुक्रबार जिल्ला स्तरीय आप्रबासि हकहित संरक्षण केन्दको तदर्थ समिति गठन गरिएको छ । अमर बस्नेतको अध्यक्षतामा १२ सदसिय आप्रबासि हकहित संरक्षण केन्दको्र तदर्थ समिति गठन गरिएको हो ।

जसमा विनु आलेमगर उपाध्यक्ष, देवेन्द्र सापकोटा सचिव, इन्द्रकुमार बर्मा कोषाध्यक्ष, चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा तिनपाटन गाउँपालिकाका सुरज राना, दुधौली नगरपालिकाका चन्द्रलाल कुमर, कमलामाई नगरपालिकाका रोसन पुनमगर, कमलामाई नगरपालिकाका हरि अच्छामी, घ्याङलेख गाउँपालिकाका निर्मलकुमार स्याङतान, गोलन्जोर गाउँपालिकाका विनु आलेमगर र मरिण गाउँपालिकाका सुतराम माझी चयन हुनु भएको छ । साथै अन्य बाँकी सदस्यहरु गरि १५ सदसिय तदर्थ समितिलाई पूर्णता दिइने सुरक्षित आप्रबासन परियोजनाका कार्यक्रम संयोजक केआर विजय दाहालले जानकारी दिनुभयो ।

उक्त समितिले बैदेशिक रोजगारीबाट फर्किएका, बैदेशिक रोजगारीमा गएका वा जान लागेका व्यक्तिहरु वा उनका परिवारहरुको हकहितलाई सुरक्षित गर्नका लागि समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

साथै हरिबाबु अछामीको अध्यक्षतामा कमलामाई नगरपालिका स्तरीय समिति बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसा पुर्कुटी उपाध्यक्ष, विशाल थापा सचिव, हेम विक कोषाध्यक्ष र सदस्यहरुमा प्रकाश उकुटी, शिशिर गौतम, सम्भु वि.क., नवराज कार्की र केशव चौलागाई चयन हुनु भएको छ ।

Comment here