जीवन सैलीप्रदेशसमाचार

जेष्ठ नागरिकलाई आयुर्बेदिक औषधि बितरण

बरुण घिमिरे

तिनपाटन १९ चैत २०७७

तिनपाटन गाउँपालिकामा रहेका जेष्ठ नागरिकका लागि आयुर्बेदिक औषधि बितरण तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छा । तिनपाटन गाउँपालिका १० मा उक्त कार्यक्रम सम्पन्न्न भएको हो ।

तिनपाटन गाउपालिका आयुर्बेदिक शाखाको आयोजनामा भएको कार्यक्रममा नागरिकको घरदैलोमै पुगेर आयुर्बेदिक औषधि बितरण गरिएको हो । जेष्ठ नागरिकको स्वास्थ्य अबस्था , खानपानको स्तर , रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता के कति छ भनि स्वास्थ्य परिक्षण गराउने गरिएको छ । साथै अस्वस्थ ज्येष्ठ नागरिकलाई औषधि, तथा बिटामिन बितरण गरिएको आयुर्बेदिक शाखाका प्रमुख चन्द्र न्यौपानेले जानकारि दिनुभयो ।

उक्त कार्यक्रम अन्र्तगत बडा नं १० का ६० बर्ष भन्दा माथिका २ सय २० जना जेष्ठ नागरिकले सेवा लिएका छन् । तिनपाटन वडा नं ९ का २५० जना,बडा नं ५ का २३५ जना , बडा नं ६ का ३४० जना , जेष्ठ नागरिकले सुबिधा पाएका छ्न । गाउँपालिकाको ४, ५ ६ र ९ बडा यसअघि जेष्ठ नागरिकका लागि आयुर्बेदिक औषधि बितरण तथा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।

Comment here