प्रदेशसमाचार

सिन्धुलीमा मास्क नलगाई हिडे अव कारबाही हुने (सूचना सहित)

सिन्धुली, १४ चैत २०७७

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले फागू पूर्णिमा पर्वका अवसरमा भिडभाड नगरि सामाजिक दुरी कायम गरि मनाउन आग्रह गरेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीको बैठकबाट भएका निर्णय अनुसार फागू पर्व सामाजिक दुरि कायम गरि मनाउन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौलाले चैत्र १० गते बसेको बैठकले गरेका निर्णयहरु कार्यान्वयन सर्वसाधारणहरुका लागि उक्त निर्णयको पालना गर्न १० वटा निर्णय एक सूचना जारी गर्दै सवैमा जानकारी गराउनु भएको छ ।

मेला, महोत्सव, जस्ता भिडभाड हुने कार्यक्रम हाल नगर्न÷नगराउन , पहिले संचालनमा आएका क्वारेन्टिन, आइसोलेसन, केन्द्रलाई तयारी अवस्थामा राखी स्वास्य केन्द्रबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीको बैठकले निर्णय गरेको छ ।

जनचेतना मूलक शन्देस प्रशारण गर्ने, स्वास्थ्य परिक्षण गराई संक्रमणको अवस्थ पहिचान गर्ने, सरकारी कार्याल्य, विद्यालय, सार्वजनि स्थलमा हिडडुल गर्दा स्यानिटाइजर, मास्क, सामाजिक दुरी जस्ता स्वास्थ्य सूरक्षाको मापदण्ड पालना गर्ने र गराउने निर्णय गरेको छ ।
यात्रुहरुको आवत जावतलाई व्यवस्थित गरि अभिलेख राख्ने, विदेशबाट आएकाहरुको स्वास्थ्य परिक्षणमा कडाई गरिने, सवै सार्वजनिक स्थल तथा कार्यालयहरुले अनिवार्य रुपमा सावुनपानी वा स्यानिटाइजरको व्यवस्था मिलाई प्रयोग गर्नु पर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनाको अवज्ञा गरि मास्क नलगाई हिडडुल गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाहि गरिने सूचनामा उल्लेख गरिएको छ ।

Comment here