जीवन सैलीप्रदेशबागमतिसमाचार

गाउँघर क्लिनिक संचालनमा आएपछि जाङ्जाङबासि खुसि

सिन्धुली, १४ चैत २०७७

जिल्लाको फिक्कल गाउँपालिका ५ जाङजाङमा गाउँधर क्लिनिकको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले शुक्रबार क्लिनिकको उद्घाटन गर्नु भएको हो ।

स्वास्थ्य शिक्षा सडक बिजुलीको पहुच बाट टाडा रहेका जाङजाङबासीहरुको गाउँघर क्लिनिक संचालनमा आएपछि खुसी भएको वडा अध्यक्ष राजु बरालले जानकारी दिनुभयो । नियमित सन्चालन हुने क्लिनिकमा एकजाना स्वास्थ्य कर्मी र कार्यलय सहयोगी नियमित रहने उहाँले जानकारी दिनुभयो ।

क्लिनिक संचालनमा आएसंगै माथिल्लो जाङ्जाङ, तल्लो जाङ्जाङ, लहरेनी, काफलचुरी, देभिटार, महबिर, खोलाखर्क लागाएतका स्थानमा बसोबास गर्ने जनताहरुले सेवा लिन सक्ने उहाँको भनाई रहेको छ ।

Comment here