खेलप्रदेशबागमतिसमाचार

प्रथम उपमेयर कप किशोरी भलिवल प्रतियोगिताको विजेता कमलामाई ७

सिन्धुली, १४ चैत २०७७

कमलामाई नगरपालिकामा जारी प्रथम उपमेयर कप किशोरी भलिवल प्रतियोगिताको विजेता कमलामाई नगरपालिका ७ बनेको छ । यस्तै कमलामाई १० उपविजेता बनेको छ ।

आज (शनिबार) भएको खेलमा ३–२ को सेटमा कमलामाई ७ ले १० लाई पराजित गरेको कमलामाई नगर खेलकुद अध्यक्ष दिपेन्द्र फुयालले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता कमलामाई ७ ले ५० हजार नगर पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वनेको कमलामाई १० ले २५ हजार नगद पुरस्कार, शिल्ड, मेडल प्राप्त गरेको फुयालले जानकारी दिनुभयो ।

प्रतियोगितामा कमलामाई ७ की कुशुम थापा उत्कृष्ट खेलाडी, कमलामाई १० की सविताकुमारी चौहान उत्कृष्ट स्पाइकर, कमलामाई ७ की उषा पुलामी उत्कृष्ट डिफेण्डर, कमलामाई १० कि सपना कार्की उत्कृष्ट सर्भिस र कमलामाई ७ की सुजिता लोप्चन उत्कृष्ट लिफ्टर घोषित भएको नगर खेलकुद अध्यक्ष फुयालले जानकारी दिनुभयो ।

प्रतियोगितामा कमलामाई नगरपालिका १, ६, ७, १० र १२ नं वडाका किशोरिहरुको सहभागिता रहेको थियो ।

Comment here