प्रदेशबागमतिसमाचार

सिन्धुलीमा लागुऔषध सहित एक पुरुष पक्राउ

सिन्धुली, १३ चैत २०७७

सिन्धुलीमा शुक्रबार लागु औषध सहित एक पुरुष पक्राउ परो छन् । सवारी चेकजाँचका क्रममा लागुऔषध सहित सप्तरी राजबिराज न.पा.५ हिमालटोल बस्ने बर्ष २६ को शैलेस कर्ण पक्राउ परेका हुन् ।

उनको साथबाट डाईलेक्स–डि.सि. नामक कोरेक्स लागु–औषध १६ बोतल,१ बोतल (लागु–औषध,प्यास्टिकमा पोको पारि स्टिज लगाएको सुकेको १० ग्राम लागु–औषत गाँजा र नाईट्रोभेट ट्याब्लेट ३ वटा(गोटि) बरामद गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजबिराजबाट काठमाण्डौं तर्फ जांदै गरेको बा.५.ख ३६१ न.को हाईसमा सवार कर्णले उक्त हाईसको ९ न.सिटमा हातमा बोकि ल्याएको पछाडि भिर्ने रातो कालो रङगको झोला भित्र रहेको सेतो रङगको पिठोको बोरामा पोका पारी लुकाई छीपाई ल्याएको लागु औषध सहित निजलाई प्रहरीले पक्राउ गरेको हो ।

 

Comment here