प्रदेशसमाचार

सिन्धुलीमा भरुवा बन्दुक सहित एक पक्राउ, अर्का व्यक्ति फरार

सिन्धुली, १२ चैत २०७७

सिन्धुलीको मरिण गाउँपालिका ५ बाट भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अर्का एक व्यक्ति फरार रहेका छन् ।
पक्राउ पर्नेमा मरिण गाउँपालिका ५ निवासि ३१ बर्षिय लालबहादुर मिक्चन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनामा संलग्न मरिण गाउँपालिका ५ कै अबिनाश वाईबा फरार रहेको र खोजि कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । चैत १० गते चौकीडाँडा तर्फ खटिएको गस्ति टोलिले गस्ति गर्दै जाने क्रममा भरुवा बन्दुका सहित देखेपछि मिक्चन र वाईवालाई नियन्त्रणमा लिने क्रममा अबिनाश वाईबाले भरुवा बन्दुक फायर गर्दै भागेकोले निजहरुको खोजी गर्दै गर्दा जंगलबाट मिक्चनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिनुभयो । उनको साथबाट भरुबा बन्दुक थान –२ र बारुद अ.१ पाउ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here