प्रदेशबागमतिसमाचार

दुधौलीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु, भिरबाट शव निकाल्न सकिएन

सिन्धुली, ११ चैत २०७७

सिन्धुलीको दुधौली नगरपालिकामा बुधबार भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । दुधौली नगरपालिका १३ ठाकुरदमारमा बस्ने बर्ष २५ का इन्द्रबहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज लामाले जानकारी दिनुभयो ।

ट्याक्टर भिरमा दुर्घटना भएको र शव निकाल्न भने नसकिएको उहाँको भनाई रहेको छ । शव निकाल्न प्रयास गरिएपनि नसकिएको
दुर्घटनामा ट्याक्टरमा सवार दाङ जिल्ला सुनढ्याब्री गाउँपालिका निवासि ३० बर्षिय भगतराम चौधरी गम्भिर घाइते र सोहि ठेगाना भएका रामु चौधरी सामान्य घाइते भएको उहाँले जानकारी दिनुभयो । दुवै जनाको उपचारको लागि विराटनगर तर्फ पठाईएको उहाँले जानकारी दिनुभयो ।

बाँसबोटे स्कुलबाट निर्माण सामग्रि अनलोड गरी सिकारी ढुङगा तर्फ फर्कने क्रममा अनियन्त्रीत भएर प्रदेश २–०३–००१ त १८७५ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here