प्रदेशबागमतिसमाचार

मास्क लगाएर मात्र कार्यालयमा प्रवेश गर्नु

सिन्धुली, ११ चैत २०७७

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै जिल्लाका सवै सरकारी कार्यालयमा कार्यरत कर्मचारी र सेवाग्राहीलाई मास्क लगाउन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकास सिटौलाले एक सूचना जारी गर्दै छिमेकी मुलक भारतमा कोभिड १९ का संक्रमित थपिदै गएको र मृत्यु दर समेत बृद्धि भएको सन्र्दभमा नेपालमा पनि कोभिड १९ को संक्रमण बढ्न सक्ने भन्दै जिल्लाका सवै सरकारी कार्यालयमा मास्क लगाएर मात्र प्रवेस गर्न आग्रह गरिएको छ ।

प्रशासनले कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न आजैका मिति देखि स्वास्थ्य सूरक्षाका मापदणहरु पालना गरि सवै कर्मचारीहरुले अनिवार्य मास्क लगाउन र सेवाग्राहीलाई पनि अनिवार्य मास्क लगाएर मात्र कार्यालयमा प्रवेश गर्ने व्यवस्था मिलाउनु सूचना मार्फत अनुरोध गरेको छ ।

Comment here