प्रदेशसमाचार

वेलघारीमा भोलि राष्ट्रिय परिचय पत्र संकलन गरिने

सिन्धुली, १० चैत २०७७७

तीनपाटन गाउँपालिका १ वेलघारीमा भोलिबाट राष्ट्रिय परिचय पत्र संकलन हुने भएको छ । वडा कार्यालय र छरछरेबाट परिचय पत्र संकलन हुने भएको हो ।

वडा अध्यक्ष गोविन्द राउतले विहान १० बजे देखी दुवै स्थानबाट परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । कार्यक्रममा सहभागि हुन वडाबासिमा उहाँले आग्रह गर्नुभयो ।

नेपाली नागरिकहरूको वैयक्तिक र जैविक विवरणहरूको केन्द्रीकृत रूपमा भन्डारण तथा अभिलेख गरी सबै नागरिकहरूलाई परिचय खुल्ने र नदोहरिने गरी बहुउपयोगी राष्ट्रिय परिचय नम्बर  प्रदान गर्नेनेपाल सरकारको उद्धेश्य अनुरुप विवरण संकलन गरिएको छ । सरकारले नेपाली नागरिकहरूलाई राष्ट्रिय पहिचान सहितको बहुपयोगी बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने, राष्ट्रिय परिचयपत्र प्रदान गर्न आवश्यक पर्ने पूर्वाधारहरू, नीति तथा कानूनहरूको तर्जुमा गर्ने, नेपाल सरकारबाट नेपाली  गरिकहरूलाई प्रदान गर्ने सेवा सुविधाहरूलाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्व गर्नुका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेखहरूलाई नीति तथा योजना निर्माणमा प्रयोग गर्ने नेपाल सरकारको उद्धेश्य रहेको छ ।

 

Comment here