प्रदेशराजनीतिसमाचार

वेनी कार्की राष्ट्रिय युवा संघको सचिवालय सदस्यमा मनोनित

सिन्धुली, ९ चैत २०७७

सिन्धुलीका कम्युनिष्ट युवा नेता वेनीबहादुर कार्की राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्यमा मनोनित हुनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको केपि ओली संस्थापन पक्षको राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्यमा कार्की मनोनित हुनु भएको हो ।

शिव बहादुर कार्की फाउण्डेसनका अध्यक्ष एवं डिडि हुमन रिसोर्स प्रालिका सञ्चालक समेत रहेका युवा नेता कार्की जिल्ला बाहिर बसेपनि पार्टीका गतिविधिलाई अघि बढाउन सक्रिय रुपमा लाग्दै आउनु भएको छ । उहाँले केपि ओलिले देशको विकास र निकासका लागि चालेको कदमले मात्र देशमा सुखि नेपाली समृद्ध नेपालको नारा साकार हुने बताउनुभयो । उहाँले अलमलमा नपरि सम्पूर्ण युवा शक्तिलाई ओलिको पक्षमा समाहित हुन उहाँको आग्रह छ ।

उहाँ सामाखुसि डिडि ह्युम्यान रिसोर्स नामक म्यानपावर सञ्चालन गर्दै आउनु भएको छ । व्यवसाय संगै राजनिति र सामाजिक क्षेत्रमा पनि कार्की सक्रिय हुनुहुन्छ ।

Comment here