प्रदेशसमाचार

न्यायमा बाह्य पहुँच विषयक कार्यक्रम सम्पन्न

बरुण घिमिरे

सिन्धुली, ८ चैत २०७७

जिल्लाको तीनपाटन गाउँपालिकामा रहेको लाम्पन्टर बहुमुखी क्याम्पसको हलमा आइतबार न्यायमा बाह्य पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिन्धुली जिल्ला अदालको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

तीनपाटन गाउपालिका भित्रका विद्यार्थि संग भएको अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले कानुन सम्बन्धि जानकारी पाउन भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । समाजमा परिवर्तन गर्न विद्यार्थीको ठूलो भूमिका भएको हुनाले यस्तो कार्यक्रमको आयोजना गरिएको अदालतका श्रेष्तेदार भरत दाहालले बताउनु भयो । कार्यक्रम मा सहभागीहरुसंग भएको प्रश्न लिई त्यसको जवाफ न्यायाधीश सन्तोष पराजुलीले दिनु भएको थियो ।

जिल्ला अदालतका न्यााधीश सन्तोष पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तिनापाटन गाँउपालिका उपाध्यक्ष पदममाया तामाङ, अतिथीहरुमा जिल्ला अदालका सरकारी वकील टेक बहादुर कार्की, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुबेदी, लाम्पन्टार बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनन्तराज श्रेष्ठ , साहायक क्यामपस प्रमुख तारानाथ कोइराला, विभिन्न वडाका अध्यक्ष, गाउँपालिकाका न्यायिक समितिका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिका भित्रका बिभिन्न विद्यालयका विद्यार्थी, क्याम्पसका विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।

Comment here