प्रदेशसमाचार

नागि–मतानबास–बन्दिपुर–डागि–दुम्जा सडकको डिपिआर शुरु

सिन्धुली ७ चैत ÷ सिन्धुली जिल्लाको सुनकोशी गाउ“पालिका वडा नं ७ नागीमा सडक निर्माणकाागि विस्तृत अध्ययन् प्रतिवेदन अर्थात डिपीआर निर्माण शुरु गरिएको छ ।

नागि–मतानबास–बन्दिपुर–डागि–दुम्जा सडक निर्माणकालागि बागमति प्रदेससभा सदस्य बिनोदकुमार खडकाद्वारा आफ्नो प्रदेश निर्वाचन क्ष्ँेत्रमा सडकको डिपिआर गर्ने कार्यको एक समारोहका बीच शुभारम्भ गर्नु भएको हो ।

सो अवसरमा वागमती प्रदेश सभा सदस्य खडकाले अब नागि–मतानबास–बन्दिपुर–डागि–दुम्जा सडक निर्माण भै कालोपत्रे सडक निर्माणले गति लिने स्थानीयले सुविधा पाउने कुरा बताउन भयो ।

सो कार्यक्रममा तात्कालिन सिन्धुली जिविसका पुर्व सभापति रमेश कार्कि,सिन्धुलीका संचारकर्मिहरु,स्थानिय बुद्धिजीवीहरु,सडक निर्माण उपभोक्ता समितिका व्यक्तिहरु, डिपिआर तयार गर्ने प्राविधिकहरुको बाक्लो सहभागिता रहेको थियो ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाको सोला भञ्ज्याङ हुदै–चपौली–मझुवा–काफलेचौर–दुम्जा जोड्ने सडक नागी–मतानबास र नागी–मझुवा दुवैतर्फबाट निर्माण हुने भएपछि सो क्षेत्रका बासिन्दाहरु खुसी भएका छन् ।

निर्माण हुने सडक सुनकोशी गाउ“पालिकाको नागी–मझुवा– अमारे–कासीखर्क सम्मको करिव १५ किलोमीटर सडकको डी.पी.आर. तयार भएको छ भने नागी–मतानबास– चालीसे–बन्दिपुर–डांगी हुदै काफ्लेचौर दुम्जा सम्मको डिपीआर निर्माण हुन लागेको हो ।

 

Comment here