प्रदेशशिक्षासमाचार

सिन्धुलीमा पहिलोपटक स्टिम शिक्षा शिक्षण तालीम सम्पन्न

बलबीर भुजेल

सिन्धुली, ७ चैत / नेपालमा पहिलो पटक सुरुवात भएको स्टिम शिक्षा शिक्षण तालीम सिन्धुलीमाढीमा सम्पन्न भएको छ।
बिज्ञान , प्रबिधि , इन्जिनियरिङ , कला र गणित बिषयमा एकीकृत शिक्षण गरि विद्यार्थी को समग्र शैक्षिक विकास मा सहयोग गर्ने उदेश्यले जिल्लाका प्राथमिक बिद्यालयका शिक्षकहरू लाई स्टिम तालिम दिएको हो।

प्लान इन्टरनेसनल नेपाल को सहयोग कमलामाइ नगरपालिका को समन्वय र मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) सिन्धुली को आयोजनामा संचालन भएको तीन दिने तालिम बिहिवार देखि सुरु भएको थियो।

तालिममा बिज्ञान , प्रबिधि , इन्जिनियरिङ , कला र गणित बिषयमा कसरी एकीकृत रूपमा विद्यार्थीहरु लाई सिकाउने भन्ने बिषयमा केन्द्रित रहेको मानव तथा राष्ट्रिय बिकास समाज नेपाल सिन्धुली कार्यक्रम संयोजक प्रमोद तिमल्सिना ले बताए।

तालिममा कमलामाइ नगरपालिका का १५ वटा र मरिण गाउँपलिका ५ वटा बिद्यालयका २० जना शिक्षकहरुको सहभागि भएका थिए। तालीम को सहजीकरण डा. हरिप्रसाद पोखरेल र कमलामाइ नगरपालिका का नगर शिक्षा अधिकारी शंकरराज लुइँटेल ले गरेका थिए।

शिक्षण पद्धतिमा नयाँ पन मार्फत विद्यार्थी को सिकाइ लाई निरन्तरता दिन प्रभावकारी रहेको तालिममा सहभागी हरि थापाले बताए। त्यसैगरी शिक्षिका रुपा तामाङले तालिम विद्यार्थी र शिक्षक को लागि आवश्यक र सान्दर्भिक भएको बताईन। उनले तालिममा सिकेका कुरा बिद्यालयमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरिन।

यता प्रशिक्षक समेत रहेका कमलामाई नगरपालिका का नगर शिक्षा अधिकारी शंकरराज लुइँटेल ले सहभागीहरू लाई तालीम सकिएको हैन ! भर्खर सुरुवात मात्रै गरेको बताए। हामीले तपाईं को भोक जगाएको छौ अब तपाईंले पनि विद्यार्थीहरुको भोक जगाउने काम गर्नु निर्देशन दिए। सिकेका सीप आफ्नो बिद्यालयमा प्रयोग गर्नको लगि आग्रह गरे।

मानव तथा राष्ट्रिय बिकास समाज (हेण्ड्स) सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारी ले हेण्ड्स एउटा पिपल हो त्यसैले बहुआयामिक क्षेत्रमा काम गरेको बताए। अध्यक्ष अधिकारी ले परिवार नै बालबालिका को पहिलो पाठशाला र बिद्यालय दोस्रो पाठशाला हो, विद्यार्थी कस्तो बनाउने शिक्षकमा निर्भर रहने बताए। “ जीवन को बारेमा अध्यन गर्ने स्थल नै बिद्यालय हो त्यसैले तपाईं शिक्षकहरु भाग्यमानी हुनुहुन्छ।” सबै कुराको एउटै उपचार भनेको असल शिक्षा हो। तपाईं हरु समाजको समस्याहरु उपचार गर्न सक्ने विद्यार्थी उत्पादनमा लाग्न आग्रह गरे।

Comment here