प्रदेशसमाचार

न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा विमला पाण्डे नियुक्त

सिन्धुली, ७ चैत २०७७

न्युनतम पारिश्रमिक निर्धारण समितिमा पत्रकार विमला पाण्डे नियुक्त हुनु भएको छ । सिन्धुलीम सक्रिय पत्रकारीता गर्दै आउनु भएकी पाण्डे न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा नियुक्त हुनु भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समितिमा रिक्त रहेको पाँच सदस्यमा नियुक्त गर्नु भएको छ । मन्त्रीस्तरीय निर्णय अनुसार, उनीहरुलाई २ वर्षका लागि नियुक्त गर्ने निर्णय भएको बताईएको छ ।

नियुक्ति पाउनेहरुमा विमला पाण्डे (सिन्धुली), नवराज महतरा (हुम्ला), गिरु भण्डारी (प्युठान), गोपाल तिवारी (धादिङ) र ऋषि श्रेष्ठ (भक्तपुर) बाट चयन भएका छन् । विगतमा काठमाडौं केन्द्रीत नियुक्तिलाई तोड्दै मन्त्री गुरुङले मोफसलका पत्रकारहरुलाई अवसर दिनु भएको छ ।

Comment here