खेलप्रदेशसमाचार

तेस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सिन्धुलीमा सुरु

सिन्धुली, ६ चैत २०७७

सिन्धुलीमा दुई दिने तेस्रो मेयर कप जिल्ला स्तरिय प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन शुक्रबार एक औपचारिक कार्यक्रमका विच गरिएको हो ।

जिल्ला व्यडमिन्टन संघ सिन्धुलीको आयोजना र कमलामाई नगरपालिकाको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो । सो प्रतियोगिताको उद्घाटन सत्रमा संबोधन गर्दै कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले नगरपालिकामा खेलकाुद क्षेत्रको विकास गरिने बताउनुभयो ।

युवालाई गलत बाटोमा जान नदिन खेलकुदका क्षेत्रमा युवाहरुको सहभागिता जरुरी रहेको बताउनुभयो । आज सम्म युवा आफै सक्रिय भएर खेलमा लागेको र यस्ता युवाहरुको क्षमता विकास गर्न नगरपालिकाले प्रशिक्षकको व्यवस्थापन गर्ने समेत उहाँको भनाई रहेको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला खेलकुद विकास समिति अध्यक्ष धिरज मगर, कमलामाई नगर खेलकुद विकास समिति अध्यक्ष दिपेन्द्र फुयालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा खुल्ला डबल ( ए) ईभेन्टमा १५ टिम, खुल्ला डबल ( बि ) ईभेन्टमा ३२ टिम र भेन्ट्रान ईभेन्टमा १० टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा खुल्ला डबल ‘ए’ तर्फ पहिलो हुनेलाई ३० हजार र मेडल प्रदान गरिने छ । दोस्रो हुनेलाई २० हजार र मेडल एवं तेस्रो हुनेलाई १० हजार रुपैयाँ र मेडल प्रदान गरिने संघका अध्यक्ष दाहालले जानकारी दिए ।

त्यस्तै, खुल्ला डबल ‘बी’ मा पहिलो हुनेलाई २० हजार नगद, मेडल र प्रमाणपत्र, दोस्रोलाई १० हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो बिजेतालाई पाँच हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

भेट्रान इभेन्टमा प्रथम बिजेतालाई २० हजार नगद, मेडल र प्रमाणपत्र, दोस्रो बिजेतालाई १० हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो बिजेतालाई पाँच हजार नगद, मेडल र प्रमाण पत्र दिईने आयोजकले बताएको छ ।

Comment here