प्रदेशबागमतिराजनीतिसमाचार

आज प्रधानमन्त्री ओली सिन्धुली आउदै

सिन्धुली, २० फागुन २०७७

राष्ट्रिय गौरबको सुनकोशी मरिण डाईभर्सन आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री केपि शर्मा ओलि विहिवार सिन्धुली आउदै हुनुहुन्छ । प्रधानमन्त्रीले शिलान्यास गर्ने स्थान र कार्यक्रम स्थल लगायको सम्पूर्ण तयारी पुरा भएको वागमति प्रदेशसभा सदस्य तथा नेकपा सिन्धुलीका अध्यक्ष प्रदिप कट्वालले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिका–२ कुसुमटारमा प्रधानमन्त्री ओलीले सुनकोशी मरिण डाईभर्सन आयोजनाको शिलान्यास गर्ने र सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको कट्वालले बताउनुभयो ।

मञ्च निर्माण, हेलिप्याड लगायत कामहरु सम्पन्न भएको उहाँले बताउनुभयो । विहिवार विहान साढे ११ बजे प्रधानमन्त्री ओली हेलिकप्टर मार्फत कुसुमटार आउने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओली संगै उर्जा तथा जलश्रोत मन्त्री टोप बहादुर रायमाझी, प्रदेश दुईका मुख्य मन्त्री लालबाबु राउत, बाग्मती प्रदेशका डोरमणी पौडेल लगायत विभिन्न देशका राजदुतहरु समेत आउने कार्यक्रम रहेको कट्वालले बताउनुभयो ।

Comment here