प्रदेशराजनीतिसमाचार

भ्रममा नपरौ : अनेरास्ववियू एकता प्रक्रिया टुंगो लागेको छैन : श्रेष्ठ

सिन्धुली, १७ फागुन २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव–प्रचण्ड पक्षको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीका सह–संयोजक भानुभक्त श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै एकता प्रक्रिया टुंगो नलागेको बताउनु भएको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठले संगठनमा गुटलाई प्रसय दिने र आफ्ना मान्छेलाई मात्रै सेट गर्ने प्रबृत्तिले केही गुटका झुण्डहरुले सिन्धुलीमा नाटकिय पारामा अनेरास्ववियूको एकता टुंगो प्रक्रिया लागेको भन्दै भ्रम छरेको उल्लेख गर्नु भएको छ ।

उहाँले विज्ञप्तीमा अनेरास्ववियूको केन्द्रिय समितिले कुनै पनि सर्कुलर नगरेको अवस्थामा र कुनै पनि निर्देशन नदिएको अवस्थामा ७७ वटै जिल्लामा रिक्त रहेको निशिच्त मापदण्ड बनाएर हल गर्न लागि रहेको वेला जिल्लामा सह–संयोजक पद रित्त नरहेको र राजीनामा समेत नदिएको जानाउनु भएको छ ।

हतासपूर्ण हतारमा एक पछि अर्को गर्दै एकल गुटको बैठकको नाममा अनेरास्ववियू सिन्धुलीको एकता प्रक्रिया टुंगो लागेको भन्दै भ्रम छरेको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । जिल्लाबासि विद्यार्थी, केन्द्रिय कमिटिलाई गुटगत मानसिकताको उपज र केन्द्रिय समितिको भावना भन्दा बाहिर गएर गरिएको निर्णय मान्य नहुने समेत विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।

Comment here