प्रदेशबागमतिसमाचार

सिन्धुलीमा विभिन्न अपराधि घटनामा संलग्न पक्राउ

सिन्धुली, १७ फागुन २०७७

जिल्लामा विभिन्न अपराधिक घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरि सोमबार सार्वजनिक गरेको छ । कार्यालयमा पत्रकार सम्मेलन गरि लागु औंषध ओसार प्रसारमा संलग्न, जवरजस्ति करणि गरि फरार रहेका र कटुवा पेस्तोल लुकाई राख्ने व्यक्ति पक्राउ गरि सार्वजनिक गरेको हो ।

प्रहरीले कमलामाई नगरपालिका ९ चुरे स्थित विपि राजमार्गमा सवारी चेक जाँच गर्दा मोटरसाईकलमा सवार महोत्तरीको रामगोपाल नगरपालिका ४ का २२ बर्षिय रामवली महत्तोले मोटरसाईकलामा लागु औषध ओसार प्रसार गरेका पाएपछि पक्राउ गरेको हो ।  प्रहरीले यहि माघ २० गते पक्राउ गरेको हो ।

महत्तोमाथि अनुसन्धान गर्दा लागु औषध ओसार प्रसारमा सेटिङ मिलाउने महोत्तरीको बर्दिबास २ निवासि २९ बर्षिय साजन विक, सर्लाहिको लालबन्दि नगरपालिका ४ बस्ने २७ बर्षिय उत्तम सुनचौरी र धनुषा जिल्ला मिथिला नगरपालिका ७ ढल्केवर बस्ने पुजन रसाईलिलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

गोलन्जोर गाउँपालिका ५ खनियाखर्क अन्र्तगत विपि राजमार्गमा सवारी चेकजाँच गर्दा बागमति प्रदेश ०२–२–प.८१३१ नम्बरको मोटरसाइकलमा सवार काठमाण्डौ महानगरपालिका ३२ कोटेश्वर निवासि ४१ बर्षिय विकाश रायमाझी लागु औषध सहित पक्राउ परेको उनले जानकारी दिए ।

यस्तै हरिहरपुरगढी गाउँपालिका ८ क्यानखोलाको बगरमा सामुहिक बलात्कार गरि फरार मध्ये दुई जना पक्राउ गरिएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिनुभयो । प्रतिबादि अभिनाश घिसिङ भनिने मरिण गाउँपालिका ३ निवासि अमन लो र सर्लाहिको लालबन्दि नगरपालिका ७ निवासि २२ बर्षिय राज पाख्रिन रहेका छन् । सामुहिक करणीमा ५ जना संलग्न रहेको थिए । उनीहरुले २०७६ साल चैत्र २८ गते सामुहिक करिण गरि फरार रहेका थिए ।

यस्तै आफ्नै श्रीमतिलाई जवरजस्ति करणी गरेको अभियोगमा दुधौलि नगरपालिका ३ कालिापानिका एक पुरुष पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिनुभयो ।

यस्तै मरिण गाउँपालिकाका ६ प्रगतिटोल जंगलमा कटुवा पेस्तोल लुकाई राख्ने एक २६ बर्षिय साङगे तामाङ भन्ने सांगे दोङलाई कटुवा पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

Comment here