प्रदेशबागमति

५५ औं जन्मदिनमा मेयर खत्रिका नौ कार्यक्रम

सिन्धुली, १५ फागुन २०७७
सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले शनिबार ५५ औं जन्मदिन नया तरिकाले मनाउनु भएको छ । जनताको सेव ागर्न तत्कालिन नेकपा एमालेबाट निर्वाचित मेयर खत्रीले खुत्रुके खोलेर जन्मदिन मनाउनु भएको छ ।

आफुले कार्यक्रममा जाँदा पाएको भत्ता संकलन गरेर राखेको खुत्रुके खोलेर जन्मदिनमा नयाँकामको समेत सुरुवात गर्नु भएको छ ।
जन्मदिनमा पनि जनताको सेवा र आफ्नो नियमित काम झै मेयर खत्री व्यस्त बन्नु भएको थियो । प्राय मानिसहरु जन्मदिनमा साथि भाई आफन्तसंग बसेर रमाइलो गर्ने प्रचलन छ । तर शनिबार मेयर जनताको गुनासा र चासोमा नै व्यस्त बन्नुभयो ।

जनताको काममा तल्लिन र आफुलाई अब्बल स्थापित गर्ने अभियानमा लागेका मेयर खत्री शनिबार विहान बिहान ४ बजे उठेर नित्य कार्य सकेर ७ बजे सम्म घरमै बसि पारिवारिक र घरमा आएका व्यक्तिहरुसंग भेटघाट गर्नुभयो ।

शनिबार जन्मदिन भएकाले घर परिवारका सदस्यसंग बस्नु भएका मेयरलाई घरैमा शुभेच्छा दिन गएका व्यक्तिहरुबाट जन्मदिनको शुभकामना ग्रहण गर्नुभएको थियो ।

त्यस पश्चात विहान ७ बजे देखी ८ बजे सम्म निर्धारित समय अनुसार नै कमलामाई नगरपालिकामा आएका जनता संग भेट गरि जनताका गुनासा, समस्या सुन्ने र समाधानका लागि आवश्यक पहल गर्ने काम गर्नुभयो । शनिबारको दिन पनि कार्यालयमा पुगेर जनताको गुनासो सुन्नेकाम उहाँको पुरानै कार्य हो ।

त्यस प्रश्चात बिहान ८ बजे देखि ९ बजे सम्म आफुले जन्मदिनमा खुत्रुके खोलेर जन्मदिनको खुसि साट्नु भयो । आफु मेयरमा निर्वाचित भएपछि २०७४÷०२÷०४ गते देखि हाल सम्म आफुले पाएको भत्ता खुत्रुक्केमा राखी आफ्नो जन्म दिनको अवसर पारी ४ लाख ५७ हजार ७२० को खड्ग शान्ता नवप्रवर्धन ट्रस्ट निर्माण गरि बैधानिक रुपमा ७ सदस्य पछि पुर्णता दिने गरि हाल ३ पदाधिकारी अध्यक्षमा सुर्य पाख्रिन, सचीवमा हरि अधिकारी र कोषाध्यक्ष अम्बिका खत्री रहने गरि घोषणा गर्नुभयो ।

भत्ताको पैसाबाट ट्रस स्थापना गर्नु भएका मेयर त्यस पछि कमलामाई नगरपालिका ७ पल्लो रामपुरमा ऐलानि जग्गाको नापी कार्यको उद्घाटन गर्न पुग्नु भएको थियो । बिहान ९ बजे देखि १० बजे सम्म कमलामाइ नगरपालिकाको वडा नम्बर ७ को पल्लो रामपुरमा आज बाट ऐलानी जग्गा नाप्ने काम को सुरुवात गर्नु भएका मेयरले जनताले बर्षै देखी समस्या झेल्दै आएका जग्गा सम्बन्धिको समस्याको समाधान हुने बताउनुभयो ।

यस्तै जनताले गुनासो गरेका स्थलमा प्रत्यक्ष रुपमा निरिक्षण गर्दै गुनासोको संबोधन गर्दै आएका मेयरले बिहान १० बजे देखि १० ः३० सम्म बुद्धनगर देखि चकमके सम्मको नवनिर्मित रामपुरमा निर्माण गरिएको सडकको अनुगमन गर्नुभयो । अनुगमनका क्रममा गुणस्तरहिन निर्मा०ा कार्यलाई गुणस्तरिय बनाउनको लागि भौतिक पुर्वाधार का इन्जिनियर तथा ठेकेदारलाई आवश्यक निर्देशन दिनुभयो ।

त्यस पछि विहान ११ बजे देखी १२ बजे सम्म बनभोजको निमन्त्रणा मान्न जानुभयो । निजामति कर्मचारीहरुले कमलामाई नगरपालिकाको शिरमाबनभोजमा सहभागि पश्चात उहाँ मध्यान्ह १२ बजे देखी दिउँसो २ बजे सम्म कार्यलयमा आएका जनतासंग गुनासो सुन्ने काम गर्नुभयो । त्यस पछि दिउँसो ३ बजे देखि ५ बजे सम्म ऐतिहासिक सिन्धुलिगढि नवनिर्मित युद्ध संग्रहालय,हिल स्टेसन ,रानि दरबार निर्माणको अनुगमन गर्नुभयो । दरबारको पूनःनिर्माणमा विगतको इतिहास नमर्ने गरि संरचना निर्माण गर्न र हालको दरबारको केही भागको संरक्षण गरि इतिहास जिवन्त दिने काममा लाग्न निर्देशन दिनुभयो ।

त्यस पछि साँझ ५ बजे देखी ७ बजे सम्म कमलामाई नगरपालिकाको कार्याल्यमा पुग्नु भएका मेयर खत्रीले कार्यालयमा समसामहिक विषयमा छलफल तथा जनता संग भेटघाट गर्नु भएको छ । जन्मदिनको अवसरमा पनि मेयर खत्रीले विभिन्न सामाजिक कार्यमा व्यस्त बन्नु भएको थियो । जन्मदिनको रौनक हुने पर्ने भएपनि उहाँ जनताको गुनासो र सेवामा नै समय विताएको पाईएको छ ।

सरोकार खबरलाई प्रतिक्रिया दिदै उहाँले आफु सदैव जनताको सेवा लाग्ने अठोट अनुसार आजको दिन विताएको बताउनुभयो । जनताले गरेको विश्वासलाई हातमा लिएर मैले कुनै पनि बार, विदा र आज उत्सव भनेर चुप लागेर बसेको छैन, म सदैव जनताको सेवामा नै छु । जनताको सेवामा हिजो पनि थिए, आज पनि छु र भोलिका दिनमा पनि हुनेछु ।

Comment here