आर्थिकप्रदेशबागमतिसमाचार

खड्ग खत्रीले जन्मदिनमा खुत्रुके खोले : भत्ताको पैसाले ट्रष्ट स्थापना

सिन्धुली, १५ फागुन २००
कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले शनिबार खुत्रुके खोलेका छन् । आफ्नो जन्मदिनको अवसरमा खुत्रुको खोलेका हुन् ।
मेयरमा निर्वाचित भए पछि विभिन्न कार्यक्रममा प्राप्त भत्ता खुत्रुकेमा जम्मा गर्दै आउनु भएका मेयरले जन्मदिनको अवसरमा खुत्रुके खोल्नु भएको हो ।

खुत्रुकेमा ४ लाख ५७ हजार ७२० रुपैया जम्मा भएको मेयर खत्रीले जानकारी दिनुभयो । उहाँले उक्त रकमबाट खड्ग शान्ता नवप्रवर्तन ट्रष्ट स्थापना गरिएको जानकारी दिनुभयो । ट्रष्टको अध्यक्षमा सुर्यबहादुर पाख्रिन, सचिवमा हरि अधिकारी र कोषाध्यक्षमा अम्बिका खत्रीलाई चयन गरिएको उहाँले जानकारी दिनुभयो ।

आफू निर्वाचित भए देखि हिजो मिति २०७७ साल फागुन १४ गते सम्ममा आफुद्वारा खडा गरिएको खुत्रुक्केमा जम्मा गरिएका विभिन्न किसिमका भत्ता कमलामाई नगरपालिकाका पदाधिकारी, कर्मचारी, राजनीतिक दल र पत्रकारहरुको उपस्थितिमा खोल्नु भएको थियो ।

Comment here