प्रदेशबागमतिसमाचार

सिन्धुलीमा महाशिवरात्री म्युजिक फेस्टिलव हुने

सिन्धुली, १४ फागुन २०७७

सिन्धुलीमा महाशिवरात्री पर्वको अवसरमा महाशिवरात्री म्युजिक फेस्टिलव हुने भएको छ । ब्रदरहुड इभेन्ट्स एण्ड इन्टरटेण्ड्मेन्ट सिन्धुलीको आयोजनाम्युजिक फेस्टिवल हुन लागेको हो ।

उक्त फेस्टिवल यहि फागुन २७, २८ र २९ गते सिन्धुली खुल्ला मञ्च सिन्धुलीमाढीमा हुने आयोजक ब्रदरहुड इभेन्ट्स एण्ड इन्टरटेण्ड्मेन्ट सिन्धुलीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा ब्रदरहुडका कार्यक्रम संयोजक समिरजंग थापाले स्थानीय काल संस्कृतिको जगेर्ना गर्न फेस्टिवल आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘लामो समय देखी सिन्धुलीमाढीमा मनोरञ्जनका कार्यक्रम नभएको र कला संस्कृतिमा नव प्रतिभाहरुको खोजि गर्ने उद्धेश्य रहेको छ ।’

प्रतियोगितामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने उहाँले बताउनुभयो । ब्रदरहुडले कला संस्कृपितको जगर्नेर्ना गर्दै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ । जिल्लामा रहेका कलाकारहरुको क्ष्मता विकास गर्ने ब्रदरहुडको उद्धेश्य रहेको उहाँले बताउनुभयो ।

फेस्टिवलमा दुर्गेस थापा, प्रकास सपुत लगाएत स्थानीय कालाकारहरुको प्रस्तुती रहने पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार बरुण घिमिरेले गर्नु भएको थियो ।

 

Comment here