खेलप्रदेशसमाचार

नरबहादुर बम्जन स्मृति कप फुटवल प्रतियोगिता सुरु

सिन्धुली, १३ फागुन २०७७

सिन्धुलीमाढीमा स्वर्गीय नरबहादुर बम्जन स्मृति कप फुटवल प्रतियोगिता बिहीबार बाट खुल्ला मञ्चमा सुरु भएको छ । ब्ल्यु अलपाईन क्लवको आयोजना स्वर्गीय नरबहादुरका छोरा छेत्रबहादुर बम्जन, ङेमा दोर्जे बम्जन र विष्णु दोर्जे बम्जनको आर्थिक सहयोगमा प्रतियोगिता सूरु भएको हो ।

प्रतियोगिताको उद्घाटनमा संबोधन गर्दै प्रमुख अतिथि एवं कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले कमलामाई नगरपालिकाले खेलाडी उत्पादन गर्ने बताउनुभयो । एक वडा एक क्लवको अवधारणा लिएर नगरका सवै वडामा खेलमैदान र खेलाडि उत्पादन गर्दै खुल्ला मंचको पनि उचित व्यवस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

यस्तै छेत्रबहादुर बम्जनले स्वर्गीय पिताको सम्झनामा सवै परिवार मिलिेर प्रतियोगिता संचालन गरिएको बताउनुभयो । प्रतियोगिता संचालन गर्न ६ लाख रुपैंया प्रदान गरिएको उहाँले बताउनुभयो । पिताको सम्झनामा गरिएको प्रतियोगिताले जिल्लामा खेलकाुदको विकास हुने र दक्ष खेलाडि उत्पादन हुने अपेक्षा व्यक्त गर्नुभयो ।

प्रतियोगिताको उद्घाटनका दिन विहीबार दुई वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा ब्लू अल्पाइन क्लव र शुभ सिन्धु क्लव ढुङ्ग्रेबासबीच भएको छ । दोश्रो खेल न्यू कमलामाई मञ्च करकरे र नव प्रतिभा क्लव ढकालगाँउबीच भएको छ । प्रतियोगितामा ३–२ गोल अन्तरले आयोजक ब्ल्यु अलपाईन क्लव र १–० गोल अन्तरले न्यू कमलामाई मञ्च करकरे विजयी भएको छ ।

न्यू कमलामाई मञ्च करकरेका गोल रक्षकले रातो कार्ड पाएपछि समुहमा १० जना खेलाडि भएका थिए । प्रतियोगिताको विजेता समुहले दुई लाख १० हजार पुरस्कारसहित मेडल प्राप्त गर्नेछ । ब्ल्यु अलपाइन क्लवका सह–सचिव बरुण लामिछानेका अनुसार, उपबिजेता समुहले एक लाख रुपैंया पुरस्कार र मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागि खेलाडिको दुर्घटना विमा समेत गरिएको छ ।

Comment here