प्रदेशबागमतिसमाचार

फिक्कलका आगलागि पीडितलाई राहत प्रदान

सिन्धुली, १३ फागुन २०७७

जिल्लका तीन वटा गैर सरकारी संस्थाहरुले फिक्कलका आगलागि पीडितहरुलाई राहत प्रदान गरेका छन् । सिड्सन नेपाल, रिलिफ नेपाल भिडब्लुसिसिले ६ घर परिवारलाई राहत प्रदान गरेको हुन् ।

वल्र्ड भिजन इन्टरनेश्नल नेपालसंग साझेदार गैर सरकारी संस्थाहरुले आगलागिबाट घर नष्ट भएका परिवारलाई रहात प्रदान गरेको हो । सिड्स नेपालको अनुरोधमा वल्ड भिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा राहत वितरण गरिएको सिड्स नेपालका अध्यक्ष दिपक घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागि पीडितको आईबहादुर राई, मोहन बहादुर खड्का, मित्रबहादुर राई, तामाराज राई, आइनु राई र नबराज अधिकारीलाई सहयोग गरिएको हो ।

सिड्स नेपालले प्रति घरपरिवार एनएफआई किट, ब्ल्याङकेट १, दैनिक उपभोग्य भाडा कुडा थाल, कचौरा, देक्चि, लगाएतका आवश्यक पर्ने, खाद्यनज सामाग्रि, चामल ४० केजि, दाल ३ केजी, नुन ३ किलो , तेल २ लिटर, चिनि २ किलो प्रदान गरेको अध्यक्ष दिपक घिमिरेले जानकारी दिनुभयो ।

यस्तै रिलिफ नेपालले रिलिफ नेपालले अग्निपीडित परिवारका ११ जना बालबालिकालाई विद्यार्थी प्रदान गरेको छ । जसमा एक थान झोला र शैक्षिक सामाग्रि रहेको छ भने । भिडब्लु सिसिले हात धुनको लागि बाल्टि र सरसफाईका सामाग्रि हस्तान्तरण गरेको बताईएको छ ।

राहत वितरण पछि गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले गैर सरकारी संस्थाहरुले फिक्कल गाउँपालिकाका विद्बाट पीडित बनेकाहरुलाई मलम लगाउने काम गर्दै आएको बताउनुभयो । राहत वितरण गरेकोमा उहाँले गैर सरकारी संस्थाहरुलाई धन्यवाद दिनुभयो ।

जिल्ला प्रशासनकार्यालय सिन्धुलीले अग्नीपीडित मोहन बहादुर खड्कालाई १० हजार, तामाराज राईलाई १० हजार, मित्रबहादुर राई लाई ९ हजार, तामाराज राईलाई १० हजार, आइनु राईलाई ९ हजार रुपैंया नगद प्रदान गरेको प्रशासकिय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

Comment here