प्रदेशराजनीतिसमाचार

सासंद पहाडीले जनादेशलाई भुले – न्याैपाने

फिक्कल, ११ फागुन २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीका जिल्ला कमिटि सदस्य जयप्रसाद न्यौपानेले सांसद गणेशकुमार पहाडी जनादेश विपरित हिडेको आरोप लगाउनु भएको छ ।

मंगलबार फिक्कल गाउँपालिकामा भएको पार्टीको एक कार्यक्रमलाई संबोधन गर्दै युवा नेता न्यौपानेले यस्तो आरोप लगाउनु भएको हो ।
उहाँले संबोधनका क्रममा भन्नुभयो ‘बिकास, समृद्धि र सामाजिक रूपान्तरणमा योगदान गर्नु हुन्छ भन्ने विश्वासले जिताएका थियौ तर आज उहाँ आन्दोलन, तोडफोड र राँके जुलुसमा लाग्नु भएको छ, हामीले यस्ता कार्य गर्न विजयी गराएका हैनौं ।’

फिक्कल गाउँपालिकामा पार्टी बिभाजनको कुनै असर नरहेको बताउँदै उहाँले भन्नुभयो ‘प्रचण्ड माधब समुहमा लाग्नु भएका पहाडीलाई सच्चीएर जनभावनामा आउन आग्रह गर्दछु, आजको आबश्यकत्ता जनतालाई आन्दोलित पार्ने नभई सडक, शिक्षा, बिजुली जस्ता जनताका माग पुरा गर्दै सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा हातेमालो गर्ने हो ।’ उहाँले सम्पुर्ण फिक्कलबासि कम्युनिष्ट नेता कार्यकर्तालाई एक ढिक्का भई पालिकाको विकासमा लाग्न समेत आग्रह गर्नुभयो ।

Comment here