प्रदेशराजनीतिसमाचार

फिक्कल संस्थापन नेकपाकाे लालकिल्ला

बुद्दकुमार आछामी

सिन्धुली(फिक्कल) ११ फाल्गुण । नेपालकाे कम्युनिष्ट न्दाेलनमा २०२८ सालकाे झापा बिद्राेह हुँदै लामाे संसदीय अभ्यासबाट स्थापित नेकपा(एमाले) र १० बर्षे जनयुद्दकाे नेतृत्व गर्दै शान्तिपुर्ण राजनैतिक यात्रामा आएकाे नेकपा(माओवादी केन्द्र) बीच २०७५ जेठ ३ गते भएकाे पार्टी एकतासँगै निर्माण भएकाे नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सहयात्राकाे तीन बर्ष पूरा गर्न नपाउँदै २०७७ पाैष ५ काे संसद बिघटन पछि बिभाजित हुन पुगेकाे छ ।

केन्द्रमा पार्टी बिभाजनसँगै तल्लाे तह सम्म बिभाजनका रेखाहरू काेरिन थालेकाे छ । तर सिन्धुलीकाे फिक्कल गाउँपालिकामा भने पार्टी बिभाजनकाे खासै असर नरहेकाे स्पस्ट देखिएकाे छ ।

पार्टी एकता पश्चात् बनेकाे यहाँ पार्टी कमिटीका इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष सहित सम्पुर्ण गाउँपालिका कमिटी तथा निर्वाचित नेकपाका सम्पुर्ण जनप्रतिनिधीहरू संस्थापन नेेकपामा नैे कृयाशिल रहेका छन । सांसद गणेश कुमार पहाडी र गाउँपालिका कमिटीका सचिब मुरारी भण्डारी भने प्रचण्ड माधब समुहमा लागेका छन ।

सिन्धुली प्रतिनिधीसभा- १ बाट २ पटक चुनाब जितिसकेका पहाडीकाे साथमा फिक्कलकाे पार्टी र जनता नरहेकाे र फुटकाे पक्षमा यहाँकाे पार्टी नरहेकाे नेकपा फिक्कल गाउँपालिका इन्चार्ज खड्ग रजन मगरले बताए ।

पार्टी बिभाजन पछि पार्टीलाई सुदृढ बनाउन र फुटकाे कारण जनताकाे बीचमा स्पस्ट पार्दै एकीकृत पार्टी निर्माण गर्न नेकपा फिक्कल गाउँपालिका कमिटीले ६ वटै वडामा केन्द्रीय नेतृत्वकाे उपस्थितिमा कार्यकर्ता भेला तथा प्रशिक्षण समेत यसै साता सम्पन्न गरिसकेकाे फिक्कल नेकपाका अध्यक्ष रामप्रसाद भण्डारीले जानकारी दिए ।

Comment here