प्रदेशराजनीतिसमाचार

सिन्धुली अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण

सिन्धुली, ११ फागुन २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगरपालिका संगठन कमिटिले मंगलबार सिन्धुली अस्पतालमा उपचार गराई रहेका विरामीलाई फलफुल वितरण गरेको छ ।

शहिद ऋषिराज देवकोटा ‘आजाद’को ४० औं स्मृती सभाको अवसरमा विरामीलाई फलफुल वितरण गरेको हो ।

कमलामाई नगरकमिटि इन्चार्ज महेन्द्रदेव श्रेष्ठले सिन्धुली अस्पतालमा उपचार गराई रहेका विरामी र जिल्ला कारागार सिन्धुलीमा रहेका कैदीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम तय भए पनि अस्पतालका विरामीको स्वस्थ्य लाभको कामना सहित विरामीलाई फलफुल वितरण गरिएको जानकारी दिनुभयो ।

कोरोना भाइरसको कारण कारागारमा रहेका कैदीहरुलाई फलफुल वितरण नगरिएको उहाँले जानकारी दिनुभयो ।

फलफुल वितरणमा नेपाल कम्ययुनिष्ट पार्टी नेकपाका संस्थापन पक्ष जिल्ला जिल्ला इन्चाजर्व विषमलाल अधिकारी, सह–इन्चार्ज उमा कोइराला अध्यक्ष प्रदिप कटुवाल, वागमति प्रदेश सभा सदस्य विनोद खड्का, कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटा, आजादका छोरा सुवास देवकोटा लगाएत नेकपाका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

 

Comment here