प्रदेशसमाचार

सिन्धुलीमा जंगली हात्तीले चार घर भत्कायो

सिन्धुली, १० फागुन २०७७

दुधौली नगरपालिकामा जंगली हात्तीले चार वटा भत्काएका छन् । जंगली हात्ती मानव वस्तिमा प्रवेश गरि दुधौली नगरपालिका ६ मा चार वटा घर भत्काएका हुन् ।

जंगलबाट मानव वस्तिमा प्रवेश गरेका हात्तीले स्थानीय जित बहादुर माझी, दिर्गा बहादुर बुढाथोकी, रुद्र बहादुर कार्की र राम प्रसाद बरालको घर भत्काएको उहाँले जानकारी दिनुभयो । जंगली हात्तीले घर भत्काउनुका साथै लत्ताकपडा, भाँडाबर्तन, अन्नपात नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी संतोषकुमार पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार जंगली हात्तीले घर भत्काउदा जितबहादुरको पाँच लाख, दिर्गाबहादुर बुढाथोकिको एक लाख बिस हजार, रुद्रबहादुर कार्कीको चालिस हजार र रामप्रसाद बरालको एक लाख चालिस हजार बराबरको क्षती भएको उहाँले जानकारी दिनुभयो । हात्तीले घर भत्काउने, घरमा क्षती पु¥याउनुका साथै लत्ताकपडा, भाँडाबर्तन, अन्नपात नष्ट गरेको उहाँले जानकारी दिनुभयो ।

जंगली हात्ती मानव वस्तिमा प्रवेस गरि घर भत्काउन थाले पछि त्यस क्षेत्रका जनता त्रसित हुन थालेका छन् ।

Comment here