प्रदेशसमाचार

धारिलो हतियार प्रहारबाट सिन्धुलीमा दुई महिला घाइते

सिन्धुली, १० फागुन २०७७

कमलामाई नगरपालिका १० दोभान निवासि दुई जना महिला धारिलो हतियार प्रहारबाट भाइते भएका छन् ।

सोमबार विहान ३ बजे घरमा नै सुती रहेको अवस्थामा अन्दाजि ५५ बर्षिया हरिमाँया घिमिरे उहाँकी छोरी २६ बर्षिया गङगामाँया घिमिरे घाइते भएका हुन् । उनीहरुलाई धनुषाको साबिक बट्टेश्वर गाउँविकास समिति वडा नं. ३ बस्ने बस्ने अन्दाजि ३२ बर्षिय प्रमोदकुमार सिंह महतोले घरमा सुति रहेको अबस्थामा धारिलो हतियार प्रयोग गरी घांईते बनाई फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक संतोषकुमार पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाँईतेहरुलाई उपचारको लागी जनसेवा अस्पताल बर्दिबास तर्फ पठाईएकोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकुपर लगिएको छ । दुबै जनाको टाउको, हातमा चोट लागेको छ ।

Comment here