प्रदेशराजनीतिसमाचार

अनेरास्ववियुको विस्तारित भेलाबाट ९९ सदसिय जिल्ला कमिटि गठन

सिन्धुली, ८ फागुन २०७७

नेपाल कम्युनिष्ट पाटि (नेकपा) निकट अनेरास्ववियु सिन्धुलीको विस्तारित भेला शनिबार सिन्धुलीको कमलामाई पाटि प्यालेसमा सम्पन्न भएको छ ।

नेकपाको संस्थापन पक्षको विद्यार्थीहरुको विस्तारित भेलाले जिल्ला कमिटि घोषणा गरेको हो ।

विस्तारित भेलाबाट कृष्ण मोक्तान अध्यक्ष, यतिराज तिमल्सिना उपाध्यक्ष, दुर्गा भुजेल उपाध्यक्ष, संतोष कार्की सचिवमा चयन हुनु भएको छ ।

यस्तै भेलाले सरोज थाप, प्रशान्त लुंगेली, अजयदोङ तामाङ, लोकेन्द्र बोगटी, शंकर ढुंगाना, किरण कार्कीलाई सह–सचिवमा चयन गरेको छ । पार्वती दाहाललाई कोषाध्यक्षमा चयन गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीले जनाएको छ ।

कमलामाई पार्टी प्यालेसमा अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष गोकर्ण भुजेलको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रिय कार्यालय सदस्य समिक बडालको प्रमुख आतिथ्यतामा विस्तारित जिल्ला भेला सम्पन्न भएको अनेरास्ववियु सिन्धुलीले जनाएको छ । ९ वटै स्थानीय तहका विद्यार्थीहरुको भेलाले ९९ सदस्यीय अनेरास्ववियु सिन्धुली जिल्ला कमिटि गठन गरेको छ ।

Comment here