प्रदेशबागमतिशिक्षासमाचार

लैगिक संवेदनसिलता बुझि शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न शिक्षकलाई तालिम

सिन्धुली, ७ फागुन २०७७

शिक्षामा लैगिक संवेदनशिलता तथा प्रारम्भिक सामाजिकीकरण सम्बन्धि तीन दिने तालिम तालिम शुक्रबार सिन्धुलीमा सम्पन्न भएको छ ।

मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुलीको आयोजना, प्लान इन्टरनेश्नल नेपालको साझेदारी र कमलामाई नगरपालिका, मरिण गाउँपालिकाको समन्वयमा तालिम सम्पन्न भएको हो ।

सिकाई परियोजना अन्र्तगत विद्यालयलाई बालमैत्री एवं लैगिक मैत्री बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको थियो । विद्यालयमा हुन सक्ने लैगिक विभेदलाई न्यूनीकरणका उपय खोजी कक्षाकोठालाई बलमैत्री, लैगिकमैत्री बनाउन शिक्षकको भूमीकाका बारेमा शिक्षकलाई जानकारी गराईएको थियो ।

तालिममा कमलामाई नगरपालिका र मरिण गाउँपालिकाका २० वटा विद्यालयका २१ जनाको शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा कुमार पौडेल, शंकरराज लुईटेल, डा. हरिप्रसाद पोख्रेल, जगत आले, हितकुमारी पौडेल, प्रमोद तिमल्सिनाले सहजीकरण गरेका थिए ।

Comment here