प्रदेशसमाचार

सुधारिएको तरकारी खेति र गोठ सुधारका सिप सिक्दै किसानहरु

सिन्धुली, १ फागुन २०७७

सिन्धुलीको गोलन्जोर तिनपाटन र फिक्कल गाउँपालिकाका किसानहरु यतिबेला आफ्नो जिविकोपार्जन सुधारका लागि सुधारिएको तरकारी खेति र बाख्रा तथा बङ्गुर गोठ सुधारका सिप सिक्नमा ब्यस्त छन् ।

तरकारी खेति, बाख्रा तथा बङ्गुर पालनका लागि पकेट क्षेत्र भएका उक्त पालिकाका बहुसङ्ख्यक किसानहरुले तरकारी खेति र पशु पालन गर्दै आइरहेका छन् । यद्यपि प्राचिन समय देखि नै तरकारी खेति र पशु पालन गर्दै आइरहेका छन् । परम्परागत तरिकारले पशु पालन र कृषि खेति गरि रहेको किसान मेहनत अनुसार कमाई गर्न सकि रहेका छैनन् ।

माघ ३० गते गोलन्जोर गाउँपालिका वडा नं ३ ग्वालटार बाट छुट्टा छुट्टै तिन वटा तालिमहरु एकैसाथ शुरु भएको छ । उक्त तालिमको पहिलो दिन उद्घाटन गोलन्जोर गाउँपालिका वडा नं ६ का अध्यक्ष पुरुषोत्तम श्रेष्ठले गर्नु भएको थियो ।

न्युन आर्थीक आय सा्रेत भएका किसानहरुलाई कृषि व्यवसाय गर्न धौ–धौ परिरहेको छ । परम्परागत पशु पालन तथा खेति प्रणलीलाई आधुनीक पशु पालन र ब्यबसायिक तरकारी खेतिका बारेमा स्थानीय चिनिमाया सर्किनि यतिवेला गोठ सुधार र ब्यबसायिक तरकारी सम्बन्धित सिप गोठ सुधार र सुधारिएको तरकारी खेति सम्बन्धी तालिममा सहभागि हुनुहुन्छ । तालिमबाट आधुनिक तरिकाले पशुपालन र कृषि खेती गर्न सकिन्छ भन्ने उहाँमा आशा पलाएको छ ।

उक्त तालिम एक हप्ता सम्म गोलन्जोर तिनपाटन र फिक्कल गाउँपालिकाका विभिन्न ठाउँमा सहभागिको संख्याका आधारमा हुने बताईएको छ ।

तालिमको सहजिकरण सम्बन्धीत गाउँपालिकामा रहेका पशु प्राविधिकहरुले गरिरहेका छन् । यस तालिममा विशेष त सिन्धुलीको गाउँले परिवेशमा स्थानिय स्तरमा प्राप्त स्रोत र सामाग्रीका साथै मानव सिपको भरपुर प्रयोग गरि कसरी बाख्रा र बङ्गुरका लागि सुधारिएको खोर निर्माण गर्न सिकाइनेछ ।
यसै सन्दर्भमा यस प्राविधिक सिपमुलक तालिम पाएकोमा सहभागिहरु अत्यन्तै हर्षित देखिएका छन् । तालिममा अति विपन्न तथा विभिन्न कारणले जोखिममा परेका परिवारहरु बाट सहभागि गराइएको छ ।

यस तालिबाट समाजमा विपन्न तथा जोखिममा परेका किसानहरुले बाख्रा तथा बङ्गुरका लागि सुधारिएको गोठ निर्माण एवंम सुधारिएको तरकारी खेति प्रणालिका बारेमा सिप हाँसिल गर्ने र तालिम पश्चात सबैले सुधारिएको गोठ निर्माण गर्ने र आधुनिक तरिका मार्फत पशु पालन गर्ने र ब्यबसायिक तरकारी खेति गरि धेरै तरकारीहरु उत्पादन गर्ने र जसलाई नजिकको बजारसम्म लगेर प्रशस्त आम्दानी गर्न सकिनेछ ।
साथै समुदायको आर्थीक कारोवार सँग सम्बन्धि विभिन्न किसीमका संस्थाहरुसँग सहकार्य गर्दै आफ्नो जिविकोपार्जनलाई उत्थानशिल बनाउने र अन्तमा आफ्ना बालबालिकाहरुलाई सुपोषित र गुणस्तरिय शिक्षा प्रदान गर्न सफल भई उनिहरुको चौतर्फि विकास हुने अपेक्षा आयोजकले राखेको छ ।

उक्त तालिमको आर्थिक तथा प्राविधिक सहयोग सिन्धुली एकिकृत विकास सेवा (सिड्स नेपाल), सिन्धुली र वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालित एकिकृत पोषण तथा उत्तथानशिल जिविकोपार्जन कार्यक्रम मार्फत गरिएको हो । गाउँपालिकाहरुको सहकार्य र सहयोगमा कृषि ज्ञान केन्द्र सिन्धुली र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुली बाट तालिम संचालन भै रहेको छ ।

यसैगरि सिड्स नेपाल सिन्धुलीले सम्बन्धित गाउँपालिकाहरुमा पोषण तथा जिविकोपार्जन एवंम विपद जोखिम न्युनिकरण सँग सम्बन्धित कार्यक्रमहरु पनि निरन्तर रुपमा गरिरहेको छ । तालिममा ६७ जनाको सहभागिता रहेको छ ।

Comment here