प्रदेशराजनीतिसमाचार

जसपाको नगर समायोजन सम्पन्न

सिन्धुली, २९ माघ  / जनता समाजवादी पार्टीको कमलामाई नगर समायोजन बिहीबार सम्पन्न भएको छ ।

जनता समाजबादी पार्टी सिन्धुलीको कमलामाई नगर कमिटीको अध्यक्षमा तेजबहादुर घिसिङ चयन भएका छन् ।

घिसिङको अध्यक्षतामा ३१ सदस्य नगर कमिटीमा गठन गरिएको जसपा सिन्धुलीका प्रचार विभाग प्रमुख दिपेश थापाले जानकारी दिए ।
विहीबार भएको भेलाबाट घिसिङ्ग सर्वसहमतिबाट नगर कमिटिको अध्यक्षमा चयन भएका हुन् ।
उक्त कमिटिको उपाध्यक्षमा आइत अच्छामी, सचिवमा बद्रि बिशंखे, उपसचिवमा नारायण सारुमगर, कोषाध्यक्षमा बद्री श्रेष्ठ चयन भएका छन् ।

Comment here