प्रदेशबागमतिसमाचार

सोनाम ल्होसारमा दुई दिन विदा

सिन्धुली, २८ माघ २०७७

तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होछारको अबसरमा सिन्धुलीको कमलामाई नगरपालिका, घ्याङलेख गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र सुनकोसी गाउँपालिकाले दुई दिन स्थानीय विदा दिएका छन् । भने मरिण गाउँपालिकाले एक दिन विदा दिएको छ ।

कमलामाई नगरपालिकाले माघ ३० गते र फागुन १ गते सार्वजनिक विदा दिएको छ । नगरकार्यपालिकाबाट सोनाम ल्होछारको दिन र भोलिपल्ट स्थानीय विदा दिने निर्णय गरेपनि यस बर्ष सोनाम ल्होछारको भोलिपल्ट शनिबार परेको छ ।

यस्तै घ्याङलेख गाउँपालिकाले माघ २८ र २९ गते, हरिहरपुरगढी गाउँपालिकाले माघ २९ र ३० गते, सुनकोसी गाउँपालिकाले माघ २९ र ३० गते र मरिण गाउँपालिकाले माघ ३० गते स्थानीय विदा दिएका छन् । सूचना जारी गर्दै पालिकाहरुले यस दिन पालिका अन्र्तगतका कार्यालय र शैक्षिक संस्थाहरुमा विदा दिएको जनाएका छन् ।

सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मो लगायतका हिमाली समुदायले मनाउने गर्दछन् । सरकारले यस पर्व मनाउन माघ ३० गते सार्वजनिक विदा पनि दिएको छ ।

Comment here